पर्यटकले होटल खचाखच

पर्यटकले होटल खचाखच

काठमाडौं : पर्यटकको उत्साहजनक आगमनसँगै राजधानीमा पर्यटकीय मापदण्डका होटल खचाखच भरिएका छन्। तारे होटलको बुकिङ शतप्रतिशत छ। पर्यटकीय सिजनमा तारे होटलको अकुपेन्सी सामान्यतः ८० प्रतिशतमाथि हुन्छ तर यो सिजनमा भने बुकिङ बिनै आउने पर्यटकलाई कोठा दिन सक्ने अवस्था नरहेको होटल व्यावसायी बताउँछन्। होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणाले यो सिजनमा पर्यटकको आगमन उत्साहजनक भएको बताइन्।

खासगरी सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि जुनसम्म को अवधिलाई पर्यटक आगमनको सिजन मानिन्छ। केही वर्षयताः तारे होटलकै वार्षिक औसत अकुपेन्सी ७५ देखि ८० प्रतिशतको हाराहारीमा रहँदै आएकोमा यो वर्ष भने औसत अकुपेन्सी ९० प्रतिशत हुने होटल हिमालयका महाप्रबन्धक प्रल्हाद कुँवरले बताए।

सन् २०१८ मा जनवरीदेखि अक्टुबरसम्म आठ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन अहिलेसम्मकै उच्च हो। यसअघि सन् २०१२ मा यसअघिकै बढी आठ लाख तीन हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०१८ को अन्त्यसम्म १० लाख पर्यटकको लक्ष्य सहजै हासिल हुने बताएको छ।

अक्टुबर महिनामा मात्र एक लाख नाै हजार पर्यटक भित्रिएका छन् 

अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा हवाई मार्गबाट मात्रै एक लाख नौ हजार सात सय ३३ पर्यटक भित्रिएका छन्। पछिल्लो समय सबैभन्दा बढी पर्यटक छिमेकी भारत र चीनबाट भित्रने गरेका छन्।

यो सिजनमा तारे होटलमा मात्र नभएर राजधानी र पर्यटकीय क्षेत्रका पर्यटकीय मापदण्ड पूरा गरेका सबै खाले होटलमा पर्यटक भरिभराउ रहेको होटल व्यवसायी बताउँछन्। होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले संविधान जारी भई तीनै तहको निर्वाचन सम्पन्न भएपछि शान्ति सुरक्षा र कानुनी शासन पहिलेभन्दा सबल हुने सन्देश विश्वभर सञ्चार भएका कारण पर्यटक आगमन उत्साजनक भएको बताए।

उनले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारको योजना रहेपनि पर्यटन पूर्वाधार भने अभाव रहेको बताए। ‘पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी बढेको भए पनि सार्वजनिक पूर्वाधार कमजोर रहेकाले सरकारले यथाशक्य छिटो यस्ता पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्न आवश्यक छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.