ललितपुरका मेयर चिरिबाबु भन्छन् : एक वर्षमै सयमा ६० नम्बर ल्याइसकेँ

ललितपुरका मेयर चिरिबाबु भन्छन् : एक वर्षमै सयमा ६० नम्बर ल्याइसकेँ

काठमाडोैँ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । 

‘हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं’, उनले भने, ‘सय नम्बरमा ६० नम्बर पाउने गरी काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउने गरी काम गर्छौं।’

साक्षात्कारमा मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावी घोषणा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । ‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन, १८-२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईँजस्तै भइरहेको छ’, उनले भने, ‘जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा र महानगरको विकासमा प्रतिवद्ध छौं ।’

मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे । ‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं’, उनले भने, ‘अन्य विश्वसम्पदा सूचीका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दिर मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ 

नेपाल विद्युत् प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाइट’ जोड्न लागेको पनि उनले जनाए । ‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं’, उनले भने, ‘अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’

उक्त ‘स्मार्ट लाइट’ बाट बाटोको साइज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने उनको भनाई छ । त्यस्तै ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो तिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भैसकेको उनले जनाए ।

संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलाषिता अपनायो भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ, स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएका छौं, मलाई र मेरो नेतृत्वमा रहेको महानगरको स्थानीय सरकारलाई यस्तो आरोपले छुँदैन, हामी विलाषिताभन्दा टाढा छौं ।’

महानगरकै विकास र केही व्यक्तिगत रुपमा आफूले विभिन्न ७ देशको भम्रण गरेको उनले स्वीकार गरे । ‘श्रीलङ्का ‘सिटी–नेट’ परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ’, उनले भने ।  आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाइदा नै पुगेको उनको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.