नेपालीको विरोधपछि भारतीयले गल्ती स्वकारे, जोगवनीबाट इन्धन ढुवानी सुचारु

नेपालीको विरोधपछि भारतीयले गल्ती स्वकारे, जोगवनीबाट इन्धन ढुवानी सुचारु

विराटनगर : भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आउने क्रमम नेपाली ट्यांकर चालक कुटिएको घटनामा भारतीय पक्षले गल्ती स्वीकारेको छ ।

जोगवनीमा सोमबार दिउँसो नेपाल–भारतका अधिकारीको वार्तामा भारतीय पक्षले गल्ती स्वीकारेको हो । भारतीय पक्षले आगामी दिनमा कुनै किसिमको दुव्र्यवहार नगर्ने प्रतिवद्धता पनि जनाएएको छ ।

भारतीय पक्षले गल्ती स्वीकारेपछि चालकले आफ्नो आन्दोलन फिर्ता लिएर पेट्रोलियम ढुवानीलाई दुई दिनपछि सुचारु गरेका छन् । जोगवनीमा ट्यांकर चालकमाथि त्यहाँका सुरक्षाकर्मीबाट भएको कुटपिट र दुरव्र्यवहारको विरोधमा उत्रिएका नेपाली ट्यांकर चालकले इन्धन ढुवानी नै ठप्प पारेर आन्दोलन सुरु गरेका थिए ।

भारतको बरौनीबाट पेट्रोल लोड गरी नेपाल आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि गत शनिबार बिहान ४ बजे भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए ।

त्यस घटनापछि आक्रोशित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्यांकर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायत माग राखेर इन्धन ढुवानी रोकेका थिए ।

चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरको डिपोबाट समेत पूर्वका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्पसम्म पनि लोड–अनलोड नगरिदिँदा इन्धनको अभाव सुरु हुन थालेको थियो । चालकको आन्दोनलका कारण नेपालबाट इन्धन लिनका लागि गएका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमै रोकिएका थिए ।

समस्या समाधानका लागि सोमबार जोगवनीमा नेपाल–भारत अधिकारी दुई पक्षीय वार्ता भएको हो । वार्तामा भारतीय पक्षबाट अररिया जिल्लाका प्रमुख, जोगवनीका मेयर लगायत भारतीय सुरक्षा अधिकारीका प्रमुखहरु थिए ।

नेपालका तर्फबाट विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्य लगायत थिए । समस्या समाधानका लागि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पनि भारतीय पक्षसँग पहल गरिरहेका थिए ।

सहमति अनुसार भन्सार पुर्‍याइएका ट्यांकरलाई त्यहाँको आवस्यक प्रक्रिया पूरा गरेर बिहान छ देखि सात बजेसम्म नेपाल प्रवेश गराइसक्नु पर्ने छ । बाँकी रहेका अन्य ट्यांकरलाई प्रत्येक दिन राति आठ देखि १० बजे सम्ममा नेपाल ल्याउने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.