'प्रधानमन्त्रीले अधिकार थुपार्दा संघीयता धरापमा'

'प्रधानमन्त्रीले अधिकार थुपार्दा संघीयता धरापमा'

फिक्कल : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाएका छन् ।

इलामको माई नगरपालिका-२ दानावारीमा स्थापित बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यसो भनेका हुन् । 'प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो', उनले भने ।  

नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्दा समस्या भएको बताए । कोइरालाले संविधानको मर्म र भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयताविरुद्ध देखिएको जिकिर गरे । उनले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गरे । 

कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नं १ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, नेका इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक सङ्घ प्रदेश नं १ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले बोल्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.