धार्मिक स्थल बन्यो चिहानघारी

धार्मिक स्थल बन्यो चिहानघारी

भद्रपुर : झापाको भद्रपुर नगरपालिका–२ कमलधापमा पहिला चिहानघारी थियो। घना बस्ती भएको गाउँ बीचमा चिहान हुँदैन भनेर २०५० तिर स्थानीयले विरोध गरे। जुन ठाउँ संयुक्त धार्मिक स्थलमा रूपान्तरण भएको छ।

आठ जाति र विभिन्न धर्ममा आस्था राख्ने समुदायका आठवटा धार्मिक स्थल एकै ठाउँमा छन्। ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ भनेझैं यो ठाउँमा सबै जातजाति र धर्म मान्नेहरूको बसोबास छ।

स्थानीय रामबहादुर खड्काका अनुसार चिहान भएको ठाउँमा मठमन्दिर बनाउँदा मृतकको आत्माले शान्ति पाउँछ भन्ने मान्यता रहेकाले संयुक्त धार्मिक स्थल बनाइएको हो। मुलुक धर्मनिरपेक्ष घोषणा नहुँदै मठ, मन्दिर र गुम्बा एकै ठाउँमा निर्माण गरिएको उनले सुनाए।

विगतमा किरात समुदायले यो ठाउँमा शव गाड्ने गरेका थिए। शव समाधिस्थ नगर्ने सहमतिपश्चात् पहिला उनीहरूकै मन्दिर निर्माण गरिएको संयुक्त धार्मिक स्थल कमलधापका सञ्चालक समिति अध्यक्ष मानु तामाङले बताए। अनेक धर्ममा आस्था राख्ने मठ, मन्दिर र गुम्बा एकै ठाउँमा बनेको देशमै पहिलो ठाउँ कमलधाम भएको दाबी उनले गरे। ‘तर, स्थानीय सरकार आउनुभन्दा पहिला पनि धेरै ठाउँमा सहयोग र प्रचारका लागि अनुरोध ग¥यौं तर कतैबाट सुनुवाइ भएन’, उनले भने।

धार्मिक इतिहास बोकेको किच्चकवधबाट यो ठाउँ तीन किलोमिटर दूरीमा पर्छ। यो स्थानमा धार्मिक पर्यटनको विकास गर्ने अभियानमा लागेको वडाध्यक्ष भीम केरुङले बताए।

यहाँको गुम्बामा बुद्ध जयन्तीका दिन पूजाआजा गरिन्छ। हरेक वर्ष वैशाख पूर्णिमाका दिन मेला लाग्ने गर्छ। यहाँ शिवालय र विष्णुका मन्दिर छन्। सबै धर्ममा आस्था राख्नेहरूले शिवरात्रीमा पूजाआजा गर्छन्। त्यसैगरी मगर, तामाङ र गुरुङका छुट्टाछुट्टै गुम्बा, लिम्बूको माङहिम, राईको साकेलाथान, थामी समुदायको भुमेथान र सन्थालको कालिथान छन्। सबैले आफ्ना चाडपर्व आफ्नै मन्दिरबाट मनाउन थाल्ने गरेको अध्यक्ष केरुङको भनाइ छ। पाँच बिघा क्षेत्रफलमा फैलिएको स्थानमा मुस्लिम धर्मावलम्बीको मस्जिद र क्रिस्चियनका लागि चर्च बन्ने क्रममा छन्।

धार्मिक क्षेत्रछेउ पोखरी छ। पोखरी संरक्षण गरी पर्यटकीय आकर्षण बढाउन नगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ। पोखरीमा डुंगा चलाउने, झोलुंगे तथा आकाशे पुल बनाउनुका साथै वरिपरि बगैंचा र बाल उद्यान बनाउने तयारी भइरहेको उनले सुनाए। उनका अनुसार धार्मिक क्षेत्र घेर्ने गरी पर्खाल लगाउन वडाबाटै ४ लाख रुपैयाँ बजेट छुट्याइएको छ। प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले गत असोजमा यो ठाउँको अवलोकन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.