नेपाली चालक कुटिएकोमा भारतीय पक्षद्वारा गल्ती स्वीकार

नेपाली चालक कुटिएकोमा भारतीय पक्षद्वारा गल्ती स्वीकार

विराटनगर : नेपाली ट्यांकर चालक कुटिएको घटनामा भारतीय पक्षले गल्ती स्वीकार गरेको छ। भारतको जोगबनीमा सोमबार भएको वार्तामा भारतीय पक्षले आगामी दिनमा दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएको हो।

ट्यांकर चालकले आन्दोलन फिर्ता लिएर दुई दिनपछि पेट्रोलियम ढुवानी गर्न थालेका छन्। जोगबनीमा त्यहाँका सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा ट्यांकर चालकले ढुवानी ठप्प पारेका थिए। ‘भारतीय पक्षले अभद्र व्यवहारप्रति गल्ती स्वीकार गरेका छन्’, पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ अध्यक्ष केशव आचार्यले भने, ‘उनीहरूले आगामी दिनमा कुनै गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्।’

वार्तामा भारतको अररिया जिल्लाका प्रमुख, जोगबनीका मेयरसहित सुरक्षा अधिकारी सहभागी थिए। नेपालबाट विराटनगर भन्सार प्रमुख मीमांश अधिकारी, आयल निगमका प्रदेश १ प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, चालक संघ प्रदेश १ अध्यक्ष आचार्यलगायत गएका थिए।

भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमार गत शनिबार बिहान ४ बजे कुटिएका थिए। घटनाको विरोधमा उत्रिएका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने, दुव्र्यवहार रोकिनुपर्ने, जाम भइरहने सडकको विकल्प खोजिनुपर्नेलगायत माग गरेका थिए। नेपालबाट इन्धन लिन गएका १ सय ७० वटा ट्यांकर भारतका बथनाहा, मीरगन्ज र जोगबनीमा रोकिएका थिए।

>>> भारतमा कुटिए २४ नेपाली ट्यांकर चालक-सहचालक

पेट्रोलियम ढुवानी सोमबार साँझदेखि नियमित बनेको आचार्यले बताए। भारतीय सुरक्षाकर्मीले घूस मागेका बारेमा पनि कुरा उठेको र भारतीय पक्षले घूस लिने सुरक्षाकर्मीलाई आगामी दिनमा कारबाही गर्ने प्रतिबद्धता जनाएको उनले बताए। उनका अनुसार पेट्रोलियम लोड गरिएका ट्यांकर प्रत्येक दिन बिहान २ देखि साढे ४ बजेसम्म जोगबनीस्थित भारतीय भन्सारमा पुर्‍याइसक्नुपर्ने विषयमा पनि सहमति भएको छ।

भन्सार पुर्‍याइएका ट्यांकरलाई प्रक्रिया पूरा गरी बिहान ६ देखि ७ बजेसम्म नेपाल प्रवेश गराइसक्नुपर्नेछ। अन्य ट्यांकरलाई राति ८ देखि १० बजेसम्ममा नेपाल ल्याउने सहमति भएको उनको भनाइ छ। बथनाहाबाट जोगबनीसम्मको सडक साँघुरो भई जाम भइरहने भएका कारण ट्यांकर चलाउन समय छुट्याइएको हो। आगामी दिनमा पेट्रोलियम ढुवानीमा उत्पन्न हुन सक्ने समस्याको निराकरणसमेत भएको निगमका प्रमुख यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.