मोरङको ऊर्लाबारीमा आगलागी : नियन्त्रणमा समस्या

मोरङको ऊर्लाबारीमा आगलागी : नियन्त्रणमा समस्या

विराटनगर : मोरङको ऊर्लाबारी नगरपालिका ७ इटहरा रोडमा अहिले आगलागी भइरहेको छ।  स्थानीय भक्ति अधिकारीको घरबाट सुरु भएको आगो नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ।  आगो नियन्त्रणकै लागि विभिन्न ठाउँबाट पाँचवटा दमकल घटनास्थलमा पुगेका छन्।  

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रण सम्भव नभएको स्थानीय कविता बस्नेतले बताइन् ।  बस्नेतका अनुसार आगो नियन्त्रण हुन नसकेपछि छेउमा रहेको एउटा घर भत्काइएको छ।  

आगोले अधिकारीको घर पूर्ण रुपमा ध्वस्त भइसकेको छ।  अन्य घरतर्फ सल्किने क्रममा रहेको आगो नियन्त्रणको प्रयास भने जारी राखिएको प्रहरीले जनाएको छ।  

ताला लागेको र कोही पनि मानिस नभएको अवस्थामा घरबाट आगो सुरु भएका कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी ।  उनका अनुसार काठले बनाइएको र कर्कटपाताले छाएको घरमा आगो लागेको हो ।  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.