खुकुरी प्रहार गरी श्रीमतीको हत्या
![खुकुरी प्रहार गरी श्रीमतीको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/khukuri-knife-attack_20180606123458_4qeGduj5Yd.jpg)
फिदिम : पाँचथरको फाल्गुनन्द गाँउपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। फाल्गुनन्द गाँउपालिका-५ थापक्तेपका नरबहादुर चेम्जोङले आफ्नी जेठी श्रीमती इन्द्रमाया चेम्जोङलाई बुधबार राति आफ्नै घरमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
सामान्य विवादका क्रममा नरबहादुरले श्रीमती इन्द्रमायाको गर्धनमा खुकुरी प्रहार गरीे हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट इन्द्रमायाको घटनास्थलमै ज्यान गरएको थियो।
खुकुरी प्रहारबाट इन्द्रमायाको घाँटी छिन्ने अवस्थामा रहेको पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए। नरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)