बड्की मेलामा रमाए दनुवार

बड्की मेलामा रमाए दनुवार

 सिन्धुली : दनुवार समुदायले दुधौली नगरपालिका— ६ पर्साहीमा आयोजना गरेको तीनदिने बड्की एकादशी मेला मंगलबार सम्पन्न भएको छ।कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्वलाई दनुवारले भने बड्की मेलाका रूपमा मनाउँदै आएका छन्।

 देशैभरका दनुवार समुदाय सिन्धुलीमा भेला भएर यस वर्ष भने दनुवार सांस्कृतिक मेलाको आयोजना गरेका थिए। बड्की एकादशी दनुवारको सबैभन्दा ठूलो पर्व हो।

ठूली एकादशीको भोलिपल्ट बिहान सबै दनुवार समुदाय भोकै बसेर पूजाआजा गरी कमला नदीमा पाँचवटा अमला टोकेर बगाएपछि मेला सम्पन्न भयो। दुधौली नगरपालिकाका उपमेयर बालकुमारी अधिकारी दनुवारका अनुसार पर्वको अन्तिम दिन अमला नभए पाँचवटा ल्वाङ टोकेर फालिन्छ, यसलाई पारन गरेको भनिन्छ।

‘मेलामा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले तीन दिनसम्म निरहार व्रत बसी आफू, परिवार सुख शान्ति र सुयोग्य वर प्राप्तिको कामना गर्छन्।

ऊर्जामन्त्री वर्षमान पुन, पूर्वमन्त्री हरिबोल गजुरेललगायतको उपस्थितिमा मेलामा दनुवारका भेषभूषा, झाँकी, नृत्य, कला तथा परम्परागत सीपबाट निर्मित हस्तकलालगायतका प्रदर्शनसमेत गरिएको थियो। सिन्धुली, उदयपुर, महोत्तरी, सर्लाही, काभ्रेलगायतका दनुवार मेलामा सहभागी थिए।

मेलामा दनुवार समुदायले संविधानमा व्यवस्था भएको दनुवार स्वायत्त क्षेत्रको कार्यान्वयनका लागि एक भएर संगठित हुन आग्रह पनि गरियो। मंगलबार बड्की मेलाका दिन दुधौली नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको दनुवार जागरण समितिका अध्यक्ष विषमलाल अधिकारी दनुवारले जनाए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.