विद्यार्थीले बनाए कार
झापा : झापा मेचीनगर–१० धुलाबारीका बिद्यार्थीले हाइस्पीड कार बनाएका छन् । धुलाबारीस्थित इष्टहोराईजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत मनसुन न्यौपाने र निश्चित रौनियारले संयुक्त रुपमा दुई प्रकारको कार बनाएका छन् ।
स्थानीयस्तरमा उपलब्ध हुने सामाग्रीबाट नै एक हप्ताको प्रयास पछि एउटा सामान्य गतिमा दौडने र एउटा उच्च गतिको कार तयार गरेको विद्यार्थी मनसुन न्यौपानेले बताए।
विद्यालयमा अध्ययनबाट जानेका कुराका कुरा र आफूले थप खोजमुलक अध्ययन गरी उक्त कार बनाएको न्यौपानेले जानकारी दिए ।
विद्यालयको पढाइबाट बचेको समयमा व्यक्तिगत प्रयासमा घरमै बसी कार बनाउन सफल अर्का कार निर्माता विद्यार्थी निश्चित रौनियारले बताए । न्यौपाने र रौनियारले बनाएको कार अगाडी पछाडी, दायाँबायाँ सबैतिर घुम्न सक्ने खालको छ ।