विद्यार्थीले बनाए कार

विद्यार्थीले बनाए कार

झापा : झापा मेचीनगर–१० धुलाबारीका बिद्यार्थीले हाइस्पीड कार बनाएका छन् । धुलाबारीस्थित इष्टहोराईजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत मनसुन न्यौपाने र निश्चित रौनियारले संयुक्त रुपमा दुई प्रकारको कार बनाएका छन् । 

स्थानीयस्तरमा उपलब्ध हुने सामाग्रीबाट नै एक हप्ताको प्रयास पछि एउटा सामान्य गतिमा दौडने र एउटा उच्च गतिको कार तयार गरेको विद्यार्थी मनसुन न्यौपानेले बताए। 
विद्यालयमा अध्ययनबाट जानेका कुराका कुरा र आफूले थप खोजमुलक अध्ययन गरी उक्त कार बनाएको न्यौपानेले जानकारी दिए । 

 विद्यालयको पढाइबाट बचेको समयमा व्यक्तिगत प्रयासमा घरमै बसी कार बनाउन सफल अर्का कार निर्माता विद्यार्थी निश्चित रौनियारले बताए ।  न्यौपाने र रौनियारले बनाएको कार अगाडी पछाडी, दायाँबायाँ सबैतिर घुम्न सक्ने खालको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.