आगलागीमा ६० लाख क्षति, दमकल नहुँदा निभाउन ढिलो

आगलागीमा ६० लाख क्षति, दमकल नहुँदा निभाउन ढिलो

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ इटहरा रोडस्थित एउटा घरबाट सुरु भएको आगलागी अढाइ घण्टापछि मात्रै नियन्त्रणमा आयो ।

भक्तिराम अधिकारीको घरमा मंगलबार दिउसो साढे २ बजे सुरु भएको आगो साँझ ५ बजे मात्र नियन्त्रणमा लिइएको हो । आगलागीमा ६० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

स्थानीय कविता बस्नेतका अनुसार ताला लागेको र मान्छे नभएको अवस्थामा घरमा आगो लागेका कारण भित्रको किराना पसलमा पनि क्षति पुगेको छ । इँटा र ढुँगाले बनेको दुईतले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत सर्ट भएर आगो लागेको अनुमान छ ।

घरधनी अधिकारीले ५० लाख भन्दा बढीको किराना पसल, पसलमा भएका सबै सामान, १२ हजार रुपैयाँ नगद, दुई तोला सुन, काठपात, लत्ताकपडा, खाद्यान्न लगायत सामान जलेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि सामान्य क्षति पुग्दा एक लाख मुल्य बराबरको क्षति भएको छ ।

घटनापछि समयमै दमकल पनि त्यहाँ पुग्न सकेन । उर्लाबारी नगरपालिका र छिमेकी गाउँमा समेत एउटा पनि दमकल नहुँदा आगलागीको बेला यस्तै अप्ठ्यारो पर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.