नेकपा सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजे बस्ने बैठकमा सरकारको समीक्षा र भावी कार्ययोजनाबारे छलफल गर्ने तयारी छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले 'पार्टीको सांगठनिक एकता र सरकारका कामको समीक्षा बैठकका एजेन्डा रहेको जानकारी दिए। सरकारका भावी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने उनले बताए।
'सांगठनिक एकीकरण, सरकारको समीक्षा र भावी कार्ययोजना बैठकका एजेन्डा छन्' सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
यसअघि नेकपा सचिवालय बैठक कात्तिक ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।