ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

राजविराज : ट्याक्टरबाट लडेर बिहीबार सप्तरीमा एक बालिकाको मृत्यु भएको छ। 

घरनजिकै रहेको कञ्चनरुप नगरपालिका ६ जमुवा घोघनपुरस्थित मामाघरमा बिग्रेर राखिएको स १ त १९९३ नम्बरको ट्याक्टरमा खेलिरहेकी बालिकाको लडेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।

कञ्चनरुप नगरपालिका ६ का सञ्जीव चौधरीकी दुई वर्षीया छोरी कृतिका चौधरीको ट्याक्टरबाट लडेर निधन भएको उनका हजुरबुवा कुशेश्वर चौधरीले जानकारी दिए। संजीव वैदेशिक रोजगारका लागि कतारमा छन्।

घाइते भएपछि उपचारका लागि बालिकालाई स्थानीय धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको थियो। चौधरीका अनुसार थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

राजविराजस्थित अञ्चल अस्पतालमा पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारलाई बुझाइएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.