नेपाली कांग्रेसको प्रश्न : सरकार कहाँ छ ?  नौ महिनामै कता हरायो ?

नेपाली कांग्रेसको प्रश्न : सरकार कहाँ छ ?  नौ महिनामै कता हरायो ?

काठमडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशबाट सरकार बेपत्ता भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ९ महिनामै देशबाट सरकार हराएको भन्दै व्यंग्य गरे । 

कांग्रेसले आफ्नो आन्तरिक तयारी तथा सरकारको समीक्षासहितको विज्ञप्ती प्रकाशित गर्दै देशको अवस्था धेरै जटिल मोडमा रहेको पनि निचोड निकालेको छ । 

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको नौ महिने कार्यकालको समिक्षा गर्दै कांग्रेसले सरकार पुरै असफल भएको जनाएको हो । ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । यो घडीमा ‘नेपालमा सरकार छ ? छ भने कहाँ छ ?’ भनेर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ’, कांग्रेसले भनेको छ, ‘यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल  भएको वस्तुगत तथ्य जगजाहेर छ ।’

सरकारबारे कांग्रेसको ठहर 

लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन 

राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना 

संघियताः कम्युनिस्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र 

सुसासनः नमच्चिने पिङको सय झड्का

बजारमूल्यः कम्युनिस्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज

शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या 

न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण 

संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन बार्गेनिङ्ग चिप्स, प्रगति शून्य

समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द 

६. मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत छ । यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह छ ।

७.  विकासका सवै ठुला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकुल त छ नै यसले यसको प्रभावकारीलाई झनै असर पुग्ने हाम्रो ठम्याई छ ।

८. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केहि साता यता निरन्तर गिरावट आएको छ । तर स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन सरकारले गर्न सकेको देखिएन । वृद्धि हुँदा वोझ बोक्नुपर्ने नागरीकलाई मूल्य समायोजन गरी राहत दिन हामी माग गर्दछौ ।

९. वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर छ । हाइ प्mलाइ एक्ससँग जहाज खरीद गरीएको हो की नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनिले एयरबस सँग खरीद गरेर नेपाल एयर लाइन्सलाई भाडामा उपलव्ध गराएको हो रु सार्वजनिक खरीद ऐनको पालना भएको छ कि छैन रु गम्भीर घोटालाको आशंका माथी गहिरो छानविन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को वैठकबाट गरिएको माग म पुन दोहोर्‍याउन चाहन्छु ।

१०. निर्मला पन्तका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको खोजि गरि रहेका छन् । म दोहो¥याउन चाहन्छु– सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भई सकेको हो रु

११. जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रिले गर्ने निश्चित भएको विषयले केहि गम्भीर प्रश्न जन्मीएको छ । मित्रराष्ट्रको लगानि र सहयोगलाई हामीले सदैव स्वागत र कदर गरेका छौं । तर कुनैपनि परियोजनको उद्घाटन दुर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागिय तहवाट हुने परम्परा र मर्यादा उलंघन गर्न मिल्दैन । नेपाली कांग्रेसको प्रष्ट विमतिका साथ आपत्ति प्रकट गर्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र सार्वजनिक जवाफको माग गर्दछु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.