टाउको मात्र जोडेर शक्ति प्राप्त हुँदैन : कमल थापा

टाउको मात्र जोडेर शक्ति प्राप्त हुँदैन : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैव खुल्ला राख्दै पार्टीले घोषणा गरेका जनसंघर्षका कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपा अगाडि बढिसकेको बताएका छन्।

पार्टीको संयोजित संगठन समन्वय विभागले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले टाउको मात्र एक ठाउँमा जोडेर गरिने एकताले शक्ति प्राप्त नहुने बताएका हुन्। 

‘टाउको मात्र जोडेर हुने एकताले शक्ति प्राप्त हुँदैन’, थापाले भने, ‘पार्टीको विचार तथा एजेण्डाप्रति गरिने प्रतिबद्धताले मात्र राप्रपालाई यथार्थ रुपमा ठूलो बनाउन सक्छ।’ 

अध्यक्ष थापाले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थाको पुनस्र्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि पार्टीले घोषणा गरेको जनसंघर्षका कार्यक्रम सफल बनाउन अहिलेदेखि नै तल्लो तहसम्म संगठन विस्तारमा जोड दिन अगुवा कार्यकर्तालाई निर्देशन दिए।

थापाले पार्टी एकता वा कुनै अर्को वहानामा अलमल नगरी आगामी तीन महिना संगठन निर्माणमै केन्द्रीत रहेर फागुन ७ गतेबाट सुरु हुने हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना तथा संघीयताविरुद्धको जनसंघर्षका कार्यक्रमलाई सफल पार्ने तयारीमा होमिन निर्देशन दिए। 

हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणाली भन्ने राप्रपाको विचारको अस्तित्व नेपालको भू–राजनीतिक अवस्था र सांस्कृतिक परिवेश कायम रहुन्जेलसम्म नै कायम रहने स्पष्ट पार्दै अध्यक्ष थापाले पार्टीको मूल नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउने जुनसुकै पार्टी, समूहको लागि सदैव एकताको ढोका खुल्ला रहेको दोहोर्याए। 

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले पार्टी एकता खुशीको कुरा भए पनि अहिलेको अवस्थामा एकताका नाममा अलमलिने र हिन्दु राष्ट्र तथा राजसंस्था पुनस्र्थापना गर्ने बाटोमा अघि बढ्नबाट रोकिने छुट राप्रपालाई नभएको बताए। 

कार्यक्रममा पार्टीका ३ नम्बर प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, केन्द्रीय सदस्य युवती कार्की, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल सनातन धर्म तथा संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका महासचिव सरस्वती केसी अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका महासचिव विनोद भारती, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, ट्रेड युनियन महासंघ नेपालका संयोजक हिक्मतजंग भण्डारी, पूर्वप्रहरी परिषदका अध्यक्ष हरिहर क्षेष्ठलगायतले आ–आफ्नो विचार व्यक्त  गरे। 
       
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.