सप्तरीमा बस दुर्घटना कम्तीमा ५ को मृत्यु, २२ यात्रु घाइते

सप्तरीमा बस दुर्घटना कम्तीमा ५ को मृत्यु, २२ यात्रु घाइते

सप्तरी : सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा पनि २२ जना यात्रु घाइते भएका छन् । 

सुनसरीको बरहाक्षेत्र धामस्थित सप्तकोसी नदीमा स्नान गरेर फर्किरहेका तीर्थयात्री सवार बस दुर्घटनामा परेको हो । यो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 

मृत्यु हुनेहरूमा डाक्नेसोरी-५ की ७० वर्षीया बेचनी देवी यादव, ६० वर्षीया सिकिल देवी साह, दिनेश रजक, उनकी पत्नी र भुखानी देवी यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरू ६ जनालार्इ उपचारका लागि जिल्लाबाट बाहिर रेफर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.