प्रचण्ड प्रवृत्तिकाे बन्ध्याकरण गराैँ, एमाले त पुच्छर हाे : गाेपाल किराँती
काठमाडाैं : माओवादी नेता गोपाल किराँतीले राजनीतिमा प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने भन्दै कडा आपत्ति जनाएका छन् ।
जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै हो । उसको कुनै विरासत थिएन र छैन ।’ राजधानीमा आज विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।