डाक्टरलाई पढाउँदै राजेश हमाल, आनी छोइङ र कवि-लेखक

डाक्टरलाई पढाउँदै राजेश हमाल, आनी छोइङ र कवि-लेखक

सुनसरी : सधैँभरी विरामीको जाँच, उपचार, औषधी, स्टेथेस्कोप, किताब वरपर व्यस्त रहने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी शनिबार दिउँसो बेग्लै मुडमा थिए ।

डाक्टरहरु बाँसुरी, तबला, गिटार बजाएर संगीतको धुन गुञ्जाईरहेका थिए अनि कलाकार, गायक, साहित्यकारहरु उनीहरुलाई मानविकी पढाइरहेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था परिक्रमा स्टुडेन्ट्स् फेमिली र प्रतिष्ठानमै कार्यरत जुनियर चिकित्सकहरुको संस्था जुनियर रेजिडेन्ट वेल्फेयर सोसाईटीले आयोजना गरेको ‘सिम्पोजियम कम टक शो ४’ मा ‘चिकित्सा र मानविकी’ बारे चर्चा भयो ।

शनिबार ‘कला, साहित्य र चिकित्सा’ विषयक सेसन थियो । सेसनको सुरुमा प्रतिष्ठानको अडिटोरियम हलमा जम्मा भएका डाक्टर, नर्स र विद्यार्थीहरु माझ एसोसिएट प्रोफेसर डा.एसपी रिमाल बाँसुरी बोकेर मञ्चमा पुगे । उनको समूहले विभिन्न धुन बजाएर सुनाउँदा अभिनेता राजेश हमाल, गायिका आनी छोईङ डोल्मा, गीतकार दिनेश अधिकारी, साहित्यकार अमर न्यौपाने, अभिवक्ता राधेश्याम अधिकारी लगायत दर्शक दिर्घामा बसेर आनन्द मानिरहेका थिए ।

केही बेरपछि आनी छोइङ डोल्मा शान्त भावमा मन्त्रोचारण गर्दै मञ्चमा पुगिन् र आफ्ना गीतका केही टुक्रा सुनाइन् र डाक्टर, विद्यार्थीलाई मानवियता बुझाउन थालिन् । आनीले ‘संगीत र परोपरकार’ विषयमा बोलिन् । उनले भनिन् ‘सबै क्षेत्रमा लागेकाहरुको मनमा करुणा आवश्यक हुन्छ, चिकित्सा क्षेत्रमा लागेकाहरुलाई यो अझै बढी महत्वपूर्ण छ ।’ 

गीतकार दिनेश अधिकारीले चिकित्सा क्षेत्रमा विश्वास सबै भन्दा महत्वपूर्ण भएको र त्यो विश्वास कमाउनु चिकित्सकका लागि अरु भन्दा ठूलो सम्पत्ती भएको बताए । उनले आफ्नो उपचार अनुभवपनि सुनाए । भने ‘धेरै हस्पिटलमा, धेरै डाक्टरसँग कुरा गर्दा अलमल परेँ, तर सहयोगी र विश्वास गर्न सक्ने मान्छे भेटेपछी उपचार गराएँ ।’

मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले चिकित्सकीय अध्ययन र लेखन बारे बोले । उनले चिकित्सकको राम्रो व्यवहारले मात्र पनि आधा रोग निको हुने सम्झाउँदै भने ‘हरेक मान्छे रोगसँगै आफ्नो जीवनकथा पनि लिएर अस्पताल आएका हुन्छन् । उनीहरुका कथा सुनिदिँदा मात्र पनि उनीहरु खुसी हुन्छन् ।’

अभिनेता राजेश हमाल मञ्चमा पुग्दा चिकित्सा अध्ययन गरिरहेका विद्यार्थीहरुको हुटिङ सुरु भयो । अभिनेता राजेश दोस्रो पटक सिम्पोजियममा बोल्न आएका थिए । उनले भने ‘अध्ययन गर्नु र ज्ञान पाउनु फरक कुरा हुन् । सबैले त्यसो गर्न सक्दैनन् । चिकित्साक्षेत्रमा पनि यसमा ध्यान दिनु आवश्यक छ ।’

कार्यक्रममा डा.रामेश कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, प्रा.डा.शैलेश अधिकारी लगायतले चिकित्सा र मानविकी बारे बोले । शुक्रबार सिम्पोजियममा प्रतिष्ठानका विभिन्न प्राध्यापक तथा चिकित्सकहरुले बोलका थिए ।

सन् २०१०बाट सुरु भएको चिकित्सा र मानविकी जोड्ने कार्यक्रम सिम्पोजियमको अवधारणा ल्याउने प्रतिष्ठानकै प्रा.डा. नरेन्द्र भट्ट चिकित्सा क्षेत्रलाई सिमित घेराबाट बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको बताउँछन् ।

भन्छन् ‘कक्षाकोठाभित्र सिमित हुँदा चिकित्सा क्षेत्र मेसिन जस्तो भयो भन्ने आरोपहरु लाग्न थाले, त्यसपछि हामीले चिकित्सा क्षेत्रलाई समाज बुझाउन र समाजलाई चिकित्सा बुझाउन यस्तो कार्यक्रम सुरुवात ग¥यौँ ।’

समाज र मानविकी बारे कम जानकार हुँदा अस्पतालहरुमा विरामीका आफन्त र चिकित्सकहरुबीच द्वन्द्व बढेको बताउँदै कार्यक्रमका संयोजक डा.विष्णु पोख्रेल भन्छन् ‘हरेक सिम्पोजियममा चर्चित कलाकार, लेखक बोलाएर उनीहरुका अनूभव र समाज बारे चिकित्सक र विद्यार्थीलाई बुझाउँछौँ । यस्तो कार्यक्रममा सहभागी हुनेहरुको व्यवहारमा समेत फरक पर्ने गरेको पाएका छौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.