अयोध्यामा २२१ मिटर अग्लो भगवान् रामको मूर्ति

अयोध्यामा २२१ मिटर अग्लो भगवान् रामको मूर्ति

नयाँ दिल्ली : राम मन्दिर निर्माणको मागबीच भारतको उत्तर प्रदेशस्थित योगी आदित्यनाथ सरकारले ठुलो निर्णय लिएको छ । योगीले अयोध्यामा भगवान रामको २२१ मिटर अग्लो मूर्ति बनाउने निर्णय गरेका हुन् । 

यो प्रतिमा गुजरातस्थित विश्वकै सबैभन्दा अग्लो स्ट्याच्यु अफ युनिटी भन्दा करिब ३९ मिटर अग्लो हुनेछ । स्याच्यु अफ युनिटीको उचाई १८२ मिटर रहेको छ । 

भगवान रामको मूर्तिको डिजाइन तयार भइसकेको छ । यसलाई मुख्यमन्त्री योगी आदित्यनाथले अनुमति दिइसकेका छन् । मूर्ति बनाउनेबारे जानकारी दिँदै उत्तर प्रदेश सरकारले ट्वीटमा भनेको छ, 'राम जन्मभूमि अयोध्यामा मर्यादा पुरुष भगवान् श्रीरामको विशाल प्रतिमा स्थापित गरिनेछ । जसको उचाई लगभग २२१ मिटर हुनेछ । जानकारी अनुसार यस मूर्तिको उचाई १५१ मिटर छ । त्यसमाथि २० मिटर अग्लो छत्र र ५० मिटरको आधार हुनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र गुजरातको नर्मदा जिल्लामा सरदार सरोबर बाँध नजिकै सरदार बल्लभ भाइ पटेलकफ प्रतिमा 'स्ट्याच्यु अफ युनिटी' को अनावरण गरेका थिए । 

यस प्रतिमाको उचाई १८२ मिटर अग्लो छ । यसलाई विश्वकै सबैभन्दा अग्लो मूर्ति भनिएको छ। तर भगवान रामको २२१ मिटर अग्लो प्रतिमा बनेपछि यो रेकर्ड तोडिनेछ । समाचार अनुसार यस परियोजनामा मूर्तिका अलावा विश्राम घर, श्रीरामको कुटी र रामलीला मैदान पनि बनाइनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.