प्रदेश ३ का मुख्यमन्त्री पौडेल कतार उड्दै

प्रदेश ३ का मुख्यमन्त्री पौडेल कतार उड्दै

हेटौंडा :  छिमेकी मुलुक चीनले अगाडि बढाएको  ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल केहीबेरमा कतार उड्दै छन्।  पौडेल आइतबार राति ११ बजे कतार उड्न लागेको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

मुख्यमन्त्री पौडेल कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा कतार जान लागेका हुन्। पौडेलसँगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल चार दिने भ्रमणका लागि कतार जाँदै छन्। 

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा कतारको राजधानी दोहामा सम्मेलन हुन लागेको हो।  कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पौडेल त्यसतर्फ जान लागेका हुन्।  

‘प्रदेश मन्त्रिपरिषद र संघीय मन्त्रिपरिषदको स्वीकृतिमा उहाँहरु कतार जान लाग्नुभएको हो’, दाहालले भने, ‘त्यहाँ रहदा उहाँहरुले  सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोगबारे पनि छलफल गर्नुहुनेछ।’

सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायत देशबाट चार सय भन्दा धेरै सरकारी अधिकारी, वक्ता, विशेषज्ञ सहभागी हुनेछन्। 

संसारलाईस्थल मार्गबाट जोड्न ‘बेल्ट एण्ड रोड’ को भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले बताए। ‘स्थलमार्गसँग जोडिएपछि नेपालको पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्नेछ’, उनले भने। मुख्यमन्त्री पौडेल सहितको भ्रमण टोली मंसिर १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.