प्याजको बेर्नाबाट लाखाैं कमाइ

प्याजको बेर्नाबाट लाखाैं कमाइ

बैतडी : पाटन नगरपालिका–९ खालीडाँडाका जयन्ती बिजलेको परिवारका सदस्य हिजोआज राती पनि प्याजकै बेर्नाको मुठो बनाउन व्यस्त हुन्छन्। प्याजको बेर्ना किन्ने ग्राहक बिहानैदेखि घरमा आउने भएकाले रातिको समयमा बेर्ना उखेलेर मुठा बनाउने गरेको जयन्तीले बताइन्। उनले भनिन्, ‘हामीले प्याजकै बेर्ना बेचेर वार्षिक कम्तीमा तीन लाखको हाराहारीमा कमाउँछौं। यसले नै घरपरिवार चलाउन सजिलो भएको छ।’

जयन्तीका ससुरा हरिसिंह बिजले गएको १० वर्ष यता व्यावसायिक तरकारीखेतीमा लागेका छन्। ससुराकै पदचाप पछ्याउँदै बुहारी जयन्ती पनि तरकारीखेतीमै तल्लीन छन्। उनले भनिन्, ‘महिला केही गर्न सक्तैनन् भन्नेलाई चुनौती दिँदै म आँफै तरकारीखेतीमा लागेकी छु। तरकारीको बेर्ना बनाउने, बजारसम्म पुर्‍याउने सबै काममा सरिक हुने गरेकी छु।’

१० रोपनी बढी जमीनमा प्याजको बेर्ना राखेकी जयन्तीले प्याजकै बेर्ना बेचेर लाखौं कमाइ गर्ने गरेको गरेकी छन्। उनले भनिन्, ‘हामीले २० रोपनी जमीनमा तरकारीखेती गर्दै आएका छौं। प्याजको बेर्ना बनाउने सिजनमा आधा जमिनमा प्याजको बेर्ना बनाउँछौं।’ घरबाटै १५ रुपैयाँमा एक सय बोटका दरले प्याजको बेना बिक्री हुने गरेको जयन्तीले बताइन्। उनले भनिन्, ‘कातिक महिना दोस्रो साताबाट घरमै प्याजको बेर्ना किन्न आउने घुइँचो लाग्छ। त्यसैले हामी रातीको समयमा प्याजको मुठा तयार पारेर राख्ने गरेका छौं।’

यस्तै दशरथचन्द नगरपालिकाको वडा नं २ थलाल गाउँका किसानले पनि प्याजको बेर्नाबाट लाखौं आम्दानी गर्ने गरेका छन्। करिब २५ परिवारले व्यावसायिकरूपमा प्याज बेर्ना उत्पादन गर्ने गरेको जेटीए पुष्कर भट्टले बताए। उनले भने, ‘थलालगाउँका किसानले सिजनमा एकजनाले कम्तीमा ५० हजारको प्याजको बेर्ना बिक्री गर्ने गरेका छन्। प्याजको बेर्नाबाटै उनीहरूले जीविकोपार्जन गरिरहेका छन्।’

प्याजको बेर्नाको माग अत्यधिक भएकाले प्याजको बेर्नाबाट फाइदा हुने गरेको किसान राजमती थलालले बताइन्। उनले भनिन्, ‘हामी महिलासमेत प्याजको बेर्ना बनाउने कार्यमा सरिक हुन्छौं। प्याजको बेर्ना विभिन्न ठाउँमा लगेर बेच्ने गरेका छौं। प्याजको बेर्नाबाट एक सिजनमा ५०/६० हजारको हाराहारीमा कमाइ हुने गरेको छ।’

जिल्लाका विभिन्न स्थानमा भर्खरै सम्पन्न भएका जात्रामा प्याजको बेर्नाको बक्री भएको किसानले बताएका छन्। ‘जात्रा लागेका ठाउँमा हामीले प्याजको बेर्ना लगेर गयौं। प्याजको सबै बेर्ना बेचियो। यसले हाम्रो आम्दानी पनि भएको छ’, किसान हरिसिंह बिजलले भने, ‘जति उत्पादन गरेपनि बजारको अभाव छैन। प्याजको बेर्नाको बजार राम्रो छ।’

यस्तै पाटन नगरपालिका वडा नं १० सिद्धपुरका किसानले पनि प्याजको बेर्नाबाट आम्दानी गर्ने गरेका छन्। प्याजको बेर्नाबाट सिजनमा राम्रै कमाइ हुने गरेको किसान मनिराम भट्टले बताए। ००००००० किसान जयन्ती बिजलेको खेतमा बनाइएको प्याजको बेर्ना। तस्बिर ः भगीरथ अवस्थी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.