दुर्घटनामा सुकुम्बासी नेतासहित तीनको मृत्यु

दुर्घटनामा सुकुम्बासी नेतासहित तीनको मृत्यु

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिकामा भएका अलगअलग दुर्घटनामा सुकुम्बासी नेता सहित तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी ७ मा भएको दुर्घटनामा सुकुम्बासी नेता ६० वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो।

आइतबार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका १० मंगलबारे डाँडा निवासी उप्रेतीको उपचारका क्रममा सोमबार बिहान विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए। 

उप्रेती आफैंले चलाएको मे ९ प २७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका भरतमणि आचार्य घाइते भएका छन्।

उप्रेती भूमिहीन सुकुम्बासी जिल्ला कार्य समिति मोरङका संयोजक र पथरीशनिश्चरे स्थित नवदुर्गा सामुदायिक मन्दिरका अध्यक्ष समेत हुन्। मन्दिरको कामले विराटनगर आएका उप्रेती र आचार्य घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्। 

त्यस्तै बेलबारी नगरपालिका १० भाउन्नेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको को १ ख ४०१४ नम्बरको यात्रुबहाक बसले विपरीत दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक पोखरेलका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी नगरपालिका ४ का २५ वर्षका सुजन मादेन र पछाडि सवार मिक्लाजुङ गाउँपालिका ५ कि २८ वर्षकी गोपीदेवी राईको आइतबार राति १० बजे मृत्यु भएको हो। 

दिउँसो ३ बजे दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। बीपीले दुबै जनालाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाएको थियो। 

न्युरोले पनि उपचार सम्भव नभएको भन्दै मादेनलाई नोवेल मेडिकल कलेज र राईलाई विराट नर्सिङ होममा रेफर गरेको थियो। उपचारका क्रममा मादेनको नोवेल र राईको विराटमा मृत्यु भएको जानकारी पोखरेलले दिए। 

बसको ठक्करबाट अनियन्त्रित मोटरसाइकलले अगाडि रहेको अर्को मे ६ प ४९७५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। दुर्घटनामा मे ६ प ४९७५ नम्बरको मोटरसाइकलका चालक पथरीशनिश्चरे नगरपालिका १ का ४० वर्षका डिल्लीराम गौतम घाइते भएका छन्। उनको नोबेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.