घुम्ती शिविरबाट नागरिकता वितरण, ७० वर्षीयले पनि बल्ल पाए

घुम्ती शिविरबाट नागरिकता वितरण, ७० वर्षीयले पनि बल्ल पाए

डोटी : डोटीको बोगटान गाउँपालिकाले शिविर सञ्चालन गरी स्थानीयलाई नागरिकता वितरण गरेको छ । गाउँपालिकामा संचालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाटै सात सय ३३ स्थानीयले एक दिनमै नागरिकता पाए ।

७० वर्षीय बृद्धदेखि युवासम्मले यहाँबाट एकै पटक नागकिता पाएका हुन् । बोगटान गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा संचालन गरिएको एकीकृत घुम्ती शिविरबाट यहाँ पहिलो पटक नागरिकता वितरण भएको हो ।

नागरिकता लिन पिठ्यूँ चढेर बसेर शिविरमा पुगेका वडा नं. ४ सात्फरीका ७० वर्षीय भीमबहादुर दमाई गाउँमै नागरिकता लिन पाउँदा खुसी लागेको बताउँछन् । अपाङ्ग रहेका दमाई जिल्ला सदरमुकाम जान नसक्ने भएका कारण अहिलेसम्म नागरिकता लिन पाएका थिएनन् । ‘आधा बाटोसम्म छोरा भजिताले बोकेर ल्याए त्यहाँबाट गाउँपालिकाको गाडीले ल्याइदियो, बल्ल नागरिकता पाइयो ।’ भीमबहादुरले भने ।

उनलाई प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले नागरिकता हस्तान्तरण गरेका हुन् । जिल्ला सदरमुकाम जान नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता वितरण गर्ने कार्यक्रम बनाएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

प्रजिअ सुवेदीले भने, ‘सबै नागरिक प्रशासनको पहुँचमा पुग्न सक्दैनन्, सबै नागरिकको घरसम्म हामी पनि पुग्न सकेका हुँदैनौँ । त्यसैले गाउँपालिकाको पहलमा शिविर संचालन गर्ने कार्यले नागरिकलाई फाइदा भएको छ ।’

शिविरमा मतदाता परिचयपत्र पनि वितरण भएको थियो । यस क्रममा चार सय ५० मतदाता परिचयपत्र वितरण भएको हो । मंसिर ७ र ८ गते सञ्चालन भएको शिविरमा सेवाग्राहीको चाप धेरै भएपछि एक दिन थप गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार जिल्लाका ग्रामिण भेगमा .सञ्चालन गरिएका शिविरमध्ये सबै भन्दा बढी यस पटक नागरिकता वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको सहायतामा स्थानीय सरकारले डोटीमा पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.