शिक्षक महासंघसँग वार्ता गर्न ५ सदस्यीय वार्ता समिति गठन
काठमाडौं : सरकारले आन्दोलनरत शिक्षक महासंघसँग वार्ता गर्न ५ सदस्यीय वार्ता समिति गठन गरेकाे छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेका हुन्।
विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनरत शिक्षककाे माग तत्काल छलफल गरी सम्बोधन गर्न मन्त्री पोखरेलले मन्त्री स्तरीय निर्णय गर्दै वार्ता टोलि गठन गरेका हुन्। समितिमा सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सुर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन्। वार्ता टोलीले शिक्षक महासंघसँग पहिलो चरणको प्रारम्भिक छलफल समेत गरेको छ ।