कुन्यूमा आगो लाग्दा १ लाख २५ हजार मुल्य बराबर धान नष्ट

कुन्यूमा आगो लाग्दा १ लाख २५ हजार मुल्य बराबर धान नष्ट

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–४ का फुलछिरिङ शेर्पाको खेतमा बनाइएको धानको कुन्यूमा आगलागी हुँदा १ लाख २५ हजार मुल्य बराबरको धान जलेर नष्ट भएको छ ।

कानेपोखरी २ स्थित आफ्नै खेतमा परालको नरुवा जलाउने क्रममा धान सहितको कुन्यूमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार आगलागीमा परेर २५ कट्ठा जमिनमा उब्जनी भएको १ लाख २५ हजार मूल्य बराबरको धान जलेर नष्ट भएको हो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.