मोटरसाइकल दुर्घटनामा तीन घाइते

मोटरसाइकल दुर्घटनामा तीन घाइते

विराटनगर : मोरङको बेलबारी नगरपालिका- ४ स्थित भित्री सडकखण्डमा मोटरसाइकल ठोक्‍किँदा तीनजना घाइते भएका छन्।  को २४ प ९२७५ नम्बरको मोटरसाइकलसँग विपरित दिशाबाट आउँदै गरेको को १३ प ७८१८ नम्बरको मोटरसाइकल सोमबार साँझ ठोक्‍किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा को २४ प ९२७५ नम्बरको मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका- १० का ३६ वर्षीय चिरञ्जिवी आचार्य र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय सन्तोश लम्साल घाइते भएका छन्।

लम्सालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। त्यस्तै अर्को को १३ प ७८१८ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी ५ का २२ वर्षीय रामेन चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.