कम्बोडियाका प्रधानमन्त्री पहिलो पटक नेपाल आउँदै
![कम्बोडियाका प्रधानमन्त्री पहिलो पटक नेपाल आउँदै](https://annapurnapost.prixacdn.net/media/albums/cambodia-prime-minister-hun-sen_20181127153111_66BuHLHQne.jpg)
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी उनी सद्भावना भ्रमणका क्रममा यही मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउने भएका जानकारी दिएको हो ।
भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र उनका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)