सभापति देउवाले गरे चक्र बाँस्तोलाको प्रशंसा, पत्नी कुसुमलार्इ केन्द्रीय सदस्य बनाइने

सभापति देउवाले गरे चक्र बाँस्तोलाको प्रशंसा, पत्नी कुसुमलार्इ केन्द्रीय सदस्य बनाइने

काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीतिक क्षेत्रमा स्वर्गीय नेता चक्रप्रसाद बाँस्तोलाको योगदान महत्वपूर्ण भएको बताएका छन् । 

स्व बाँस्तोलाको स्मृतिमा मंगलबार झापा-काठमाडौँ सम्पर्क समितिले गरेको ४५औँ दिनको श्रद्धाञ्जलि सभामा सभापति देउवाले मुलुकको शान्ति प्रक्रियामा बाँस्तोलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । 

लामो समय बिरामी परेका नेता बाँस्तोलालाई गरेको सेवा र धैर्यताको प्रशंसा गर्दै सभापति देउवाले उनकी धर्मपत्नी कुसुमललार्इ पार्टीको केन्द्रीय समितिमा भूमिका दिन आफू तयार रहेको घोषणासमेत गरे । 

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले बाँस्तोलाले मुलुकको शान्ति प्रक्रियामा खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनी प्रष्ट विचार र निर्णय लिन सक्ने बहुमुखी प्रतिभाशाली नेता भएको बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाँस्तोलाको निरङ्कुशताविरुद्धको आन्दोलनमा विशिष्ट योगदान रहेको चर्चा गर्दै उनीप्रति श्रद्धाञ्जलि गर्न उनका सद्गुणलाई आत्मसात् गर्नुपर्ने बताए । 

काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बाँस्तोला काम र व्यवहारले क्रान्तिकारी नेता भएको उल्लेख गर्दै पार्टी गतिशील भएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यहरु डा रामशरण महत, प्रदीप गिरी, गुरुराज घिमिरे, केशवकुमार बुढाथोकी, मीना पाण्डे, प्रवक्ता विश्वप्रकाश शर्मालगायतले बाँस्तोलासँगका भेटका अनुभवको स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनमा उनको योगदानको चर्चा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.