पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकामा एक बालकको मंगलबार बेलुका पोखरीमा डुबेर ज्यान गएको छ। स्थानीय चन्द्रबहादुर मगरले माछापालनका लागि बनाएको पोखरीमा डुबेर त्रिनपा- २ मिलनचौकका केदार पाण्डेका ३ वर्षीय छोरा रोशन पाण्डेको ज्यान गएको हो।

बिहानदेखि वेपत्ता भएका बालकलाई आफन्तले साँझ पोखरीमा डुबिरहेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

सामान्य श्वासप्रश्वास चलिरहेको अवस्थामा फेला परेका बालकलाई प्रहरी चौकी जोगिदहको सहयोगमा स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको डीएसपी भाटले बताए। 

यता मृतकका आफन्तले भने शव पोष्टमार्टम गर्न मानेका छैनन्। मापदण्ड विपरित घेराबेरा नलगाई पोखरी सञ्चालनमा ल्याएकाले सञ्चालकलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने बालकका आफन्त बोधिका पाण्डेले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.