नक्कली कम्पनीको नाममा ठगी गर्ने एक पक्राउ

नक्कली कम्पनीको नाममा ठगी गर्ने एक पक्राउ

विराटनगर : नक्कली कम्पनी खोलेर ठगी गर्ने एकजना पक्राउ परेका छन्। 

मोरङ प्रहरीले लेटाङ नगरपालिकाका गुणराज ओझालाई विराटनगरबाट पक्राउ गरेको हो। ओझाले तीनवटा घर भाडामा लिएर नक्कली विद्युत परियोजना र बिजनेस मेनेजमेन्ट ग्रुप नामक कम्पनी खोलेर ठगी गर्दै आएको खुलेको छ। 

ओझालाई प्रहरीले मंगलबार राति विराटनगर–५ जामुनगाछीमा रहेको ससुराली घरबाट पक्राउ गरेको हो। ओझाबाट ठगिएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा मंगलबार उजुरी दिएका थिए। 

ओझामाथि अनुसन्धान भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 

ओझाले नक्कली कम्पनी खडा गरेर अधिकृतदेखि पियनसम्मको पदमा ५० कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको खुलेको छ। पीडितले प्रहरीमा उजुरी दर्ता गराएको थाहा पाएपछि  ओझा फरार थिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.