प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त : कमल थापा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश ३ को स्थायी राजधानीका निम्ति उपयुक्त भएको बताएका छन्।
उनले हेटौंडालाई राजधानी बनाउने नाममा राजनीतिक तहमा कुनै विवाद गर्नु आवश्यक नभएको बताए । मकवानपुरे समााजका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै थापाले यस्तो बताएका हुन्।
थापाले हेटौंडा भौगोलिक, भौतिक एवम् हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दाबी गरे । बन्दै गरेको फास्ट ट्रयाक, धरान चतरा राजमार्ग, हेटौंडा काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा सम्भावना बोकेको स्थान भएको उनको भनाइ छ।
मकवानपुरे समितिका अध्यक्ष अरुणकुमार गुरुङले तत्कालीन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौंडालाई अस्थायी राजधानी बनाउन भूमिका खेल्नुभएकोमा आभार प्रकट गर्दै हेटौंडालाई स्थायी राजधानी बनाउन पहल गर्न अनुरोध गरे।