उदयपुरमा एकीकृत घुम्ति शिविर, ३ सय ७१ जनाले पाए नागरिकता

उदयपुरमा एकीकृत घुम्ति शिविर, ३ सय ७१ जनाले पाए नागरिकता

गाईघाट : सरकारी सेवाबाट बञ्चित रहेका जनतालाई गाउँगाउँमै पुगि सेवा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ।

प्रशासनले जिल्लाको विकट पहाडी क्षेत्र ताप्लि गाउँपालिकाको रुपाटारमा दुई दिने शिविर सञ्चालन गरेको हो। ताप्लि, लिम्चुङबुङ गाउँपालिका र कटारी नगरपालिकाका विभिन्न ठाउँमा शिविर सञ्चालन भएको हो।

शिविरमा जिल्लास्थित प्रायः सबैजसो सरकारी कार्यालयले सेवा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए। शुक्रबारदेखि सुरु भएको शिविरमा महिला दुई सय २७, पुरुष एक सय ४४ गरी तीन सय ७१ जनाले नागरिकता लिएका छन्।

त्यसैगरी ३१ घरपरिवारले कृषि, दुई सय ७२ परिवारले भेटनरी सेवा लिएका छन्। एक सय २० महिला र एक सय ७९ पुरुष गरी दुई सय ९९ सय आँखाका बिरामी, चार सय २६ जनाले स्वास्थ्य उपचार पाएका छन्। त्यसमध्ये ५४ जना रिफर गरिएको शिविर टोलीका प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमारबहादुर खड्काले जानकारी दिए ।
 
त्यस्तै एक सय ५३ जनाले स्त्रीरोग उपचार सेवा पाएकोमा २६ जनालाई रिफर गरिएको, ७७ जनालाई अपाङ परिचय पत्र वितरण, तीन सय ७१ जनाको फोटोसहितको मतदाता नामावली बनाएको, एकजनाले घरेलु उद्योग दर्ता गरेको र १६ वटा पसलमा खाद्य पदार्थ गुणस्तर अनुगमन गरिएको खड्काले जानकारी दिए।

प्रशासनले नागरिकता प्रमाणत्र, प्रहरीले शान्ति तथा सुरक्षा सचेतना, कृषिले विउविजन वितरण तथा माटो परिक्षण, स्वास्थ्यले बिरामी चेकजाँच तथा औषधि वितरण, महिला तथा बालबालिका कार्यालयले अपाङ परिचय पत्र वितरण, घरेलु तथा सानो उद्योग विकास समितिले उद्यम प्रबद्र्धन तथा दर्ता गरेका थिए।

त्यस्तै  जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन, भेटनरीले पशुको उपचार तथा परामर्श, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमन, आँखा अस्पतालले आँखा रोगी र सुन्तला जोनले सुन्तला खेती गर्नका लागि कृषकलाई प्रोत्साहन तथा माटो परीक्षणसम्बन्धी जानकारीलगायतका सेवाहरु उपलब्ध गराएको प्रजिअ कार्कीले बताए।

सम्बन्धित गाउँपालिका र वडा कार्यालयले आवश्यक सिफारिस, कागजात जुटाउन सहयोग गरेका छन्। प्रमुख जिल्ला अधिकारी कार्कीलगायत अधिकांश सरकारी कार्यालयका प्रमुखहरु शिविरमै रहेर शिविरको अनुगमन गरेका थिए।

त्यस क्षेत्रका स्थानीयबाट नागरिकता बनाउन सेवा नपाएको गुनासो आएपछि शिविर सञ्चालन गरेको प्रजिअ कार्कीले बताए। अझ सिंहदरवारको अधिकार गाउँमा पुगेको हल्ला चलेपनि जनताले सेवा नपाएको गुनासो बढ्न थालेपछि प्रशासनले आफ्नो सक्रियता अघि बढाएको हो।

शिविरमा आएका सेवाग्राहीले घरछेउमै नागरिकतालगायतको अन्य सेवा पाउँदा जीवनमै सबैभन्दा खुसीको अनुभूति गरेको प्रतिकृया दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.