नयाँ गन्तव्य बन्यो सानो पाथिभरा

नयाँ गन्तव्य बन्यो सानो पाथिभरा

तेह्रथुम : तेह्रथुम र संखुवासभाको संगमस्थल पाथिभरा भगवती मन्दिर जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको छ। तीनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्धारमा रहेको यो मन्दिरमा टाढा टाढाबाट पर्यटक तथा दर्शनार्थी आउने गरेका छन्।

तेह्रथुमको लालिगुँरास नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाको सीमानामा रहेको यस मन्दिरमा पूजाआजा र आसपासका रमणीय क्षेत्रको दृष्यावलोकन गर्न पर्यटक आउँछन्। जिल्लाको चर्चित धार्मिकस्थलमध्ये अध्ययन भ्रमण, वनभोज र विशेष चाडपर्वमा निकै ठूलो जमघट हुने पाथिभरा मन्दिर पर्छ। यहाँ दैनिक सयौंको संख्यामा पर्यटक तथा दर्शनार्थी आउने गरेको स्थानीय दिलबहादुर सुवेदीले बताए। ‘अहिले रातभरी पर्यटक क्याम्पफायर गरेर बस्छन्’, उनले भने।

पाथिभरा मन्दिर हिन्दूहरूको महत्वपूर्ण धार्मिकस्थल हो। यसलाई सानो पाथिभरासमेत भन्ने गरिएको छ। धागोको डोरोले मन्दिरलाई तीन फन्कोसम्म लगाउँदा चुढिएन भने पाथिभरा भगवतीसँग गरेको विश्वास कहिल्यै पनि नटुट्ने धार्मिक विश्वास छ। यहाँबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा सबै पुग्ने विश्वास गरिएको स्थानीयबासी गिता खड्काले बताइन्। उनले भनिन्, ‘यहाँ प्राय नवजोडी आउँछन्।’

सामुन्द्रिक सतहबाट दुई हजार नौ सय २० मिटरको उचाइमा अन्नभरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको टुप्पोमा देवीको उत्पतिस्थल भएको पौराणिक विश्वासका आधारमा यस ठाउँमा पाथिभरा मन्दिर स्थापना गरिएको हो।

तेह्रथुमको सदरमुकाम म्याङलुङबाट २८ किलोमिटर पश्चिममा टुटे देउराली पुगिन्छ। टुटे देउरालीबाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदलपछि पाथिभरा पुगिन्छ। कोसी पहाडी राजमार्गअन्तर्गत धरान, धनकुटा, बसन्तपुर हुँदै टुटे देउरालीबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा मन्दिर पुग्ने पहिलो खुड्किलो पुगिन्छ। उक्त खुड्किलोबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुग्न सकिन्छ।

यस मन्दिर दर्शनका लागि तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापाबाट आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँ लालीगुराँस फुल्ने सिजनमा पर्यटकको घुइँचो लाग्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.