तबलामा देखियो जाकिरको जादु

तबलामा देखियो जाकिरको जादु

काठमाडौं : मध्य मंसिरको चिसो साँझ। लैनचौरस्थित भारतीय दूतावासको प्रांगण भने विस्तारै तात्दै थियो। भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको तबलाको तालसँगै दर्शक जुरुकजुरुक उठेर ताली बजाउँथे। तबलामा जाकिरका यसरी चलिरहेका थिए, लाग्थ्यो कुनै विद्युतीय यन्त्रले तिनको सञ्चालन गरिरहेको छ।

उनका आँखाले दर्शकको भावभंगी नियालिरहेका थिए भने औंलाहरू तबलामा विभिन्न ताल निकाल्दै नाचिरहेका थिए। बीचबीचमा उनी दर्शकसँग तबलाकै तालमा संवाद पनि गर्थे। आफ्नो प्रस्तुति सुरु गर्नुअघि जाकिरले आफ्ना सांगीतिक क्षमतालाई समान रूपले हेरिदिन दर्शकसँग आग्रह गरेका थिए। उनले भने, ‘म आफ्नो टोलीको सर्व श्रेष्ठ नभएर चारमध्ये एक कलाकार हुँ। सबैलाई समान प्रेम प्रदान गरिदिनुहोला।’

जाकिर आफ्ना चार सदस्यीय सांगीतिक टोलीसँगै उपस्थित थिए। उनीसँगै सारंगीमा सविर खान, ढोलकमा नवीन शर्मा, मृदंगमा अनन्त कृष्णन उपस्थित थिए। संगीतको तालमा सयांैको संख्यामा रहेका दर्शक श्रोता मन्त्रमुग्ध थिए। शास्त्रीय संगीतको आलाप सँगैसँगै सबिरले सारंगीको धुन निकाल्दै कार्यक्रम सुरुआत गरे।

सारंगीको धुन पछ्याउँदै जाकिरले तबलामा जादु देखाए। लगत्तै ढोलक लिएर मञ्चमा देखा परे नवीन शर्मा। मृदंगको सुमधुर तालसँगै अन्त्यमा जोडिए अनन्त कृष्णन। सबैजना एकसे एक धुन निकाल्न अभ्यस्त थिए। चार जनाको सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक बदल्यो। अनुहारमा अनेक भाव पोख्दै उनीहरू विभिन्न ताल सिर्जना गरिरहेका थिए।

अब कुन ताल बज्दैछ, जाकिर गाएर सुनाउँथे। तबलाका ताललाई विभिन्न सुरमा उनिएको उनको प्रस्तुति वास्तवमै मौलिक थियो। आफूहरू चारैजना वाद्यवादक फरकफरक पृष्ठभूमिबाट आएको बताउँदै जाकिरले भने, ‘हामीले बोल्ने भाषा फरक छ तर हामीले बोल्ने कथा भने समान छ।’

यो समूहले शास्त्रीय संगीतका अलावा विभिन्न राग फरक तरिकाले तयार पारेका थिए। विभिन्न देशका कूटनीतिक व्यक्तित्व, राजनीतिक नेता, मन्त्री, वरिष्ठ कलाकारलागायतका व्यक्तित्व दर्शक थिए। नेपाल–भारतको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो। उनले करिब दुई दशकअघि नेपालमा आफ्नो प्रस्तुति दिएका थिए। नेपालका लागी भारतीय राजदूत मन्जिभसिंह पुरीले कार्यक्रममा पाहुना कलाकार तथा दर्शकलाई स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.