सप्तरीमा १३ वर्षीया बालिकाले गरिन् आत्मदाह

सप्तरीमा १३ वर्षीया बालिकाले गरिन् आत्मदाह

राजविराज : आमाले गाली गरेपछि आवेशमा आएकी सप्तरीकी एक बालिकाले आत्मदाह गरेकी छन्। आत्मदाह गरेकी सप्तरीको कञ्चनपुर नगरपालिका-४ जगतपुरकी १३ वर्षीया अञ्जली चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टका अनुसार आमाले गाली गरेपछि बुधबार साँझ अञ्जलीले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी हुन्।कञ्चनरुपस्थित इन्टरनेसनल लक्‍की इंलिस स्कुलमा कक्षा पाँचमा अध्ययनरत अञ्लीलाई उनकी आमाले स्कुल किन नगएको भनेर बुधबार गाली गरेपछि घटना भएको मृतककी दिदी सविना चौधरीले बताइन्।

जलेर घाइते भएकी अञ्जलीको उपचार गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नमानेपछि उनलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान १० बजे मृत्यु भएको आमा सरीता चौधरीले बताइन्।शव कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.