प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारकी नेतृ आङ सान सू चीबीच शुक्रबार भेटवार्ता भएको छ। सो अवसरमा प्रधानमन्त्री ओली र सू चीबीच द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ।यसअघि मात्रै सू चीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन्।
भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थिति थियो। आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ।
एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सू ची बिहीबार काठमाडौँ आएकी हुन्। रासस