पेन्टिङमा बदलिएको बाटो

पेन्टिङमा बदलिएको बाटो

पेन्टिङ हेर्दा सामान्य छ। नेपाली कागजमाथि बलेको धपद्वारा प्वालैप्वाल पारिएका छन्। झट्ट हेर्दा प्वालबाहेक केही देखिँदैन। तर ध्यान दिने हो भने पेन्टिङमा थप्रै विषयलाई सांकेतिक रूपमा समावेश गरिएको छ। टल्क जम्यङले बनाएका उक्त चित्रहरूमा विशेषत नेपालको बदलिँदो बाटाहरू कोरिएका छन्।

विश्व बजार निरन्तर बदलिँदै छ। जम्यङ भन्छन्, नेपाल पनि यसबाट अछतो छैन। सामाजिक, आर्थिक सबै विषयमा निरन्तर बदलिँदै गएको नेपाली समाजको चित्र देखाउन चित्रकारले दई लेयरको कागज प्रयोग गरेका छन्। एकमा स्केच गरी धपले पोलिएको छ र भित्रपट्टि अर्को लेयरको कागज राखिएको छ।

जम्यङको पेन्टिङमा ‘ल्यान्ड अफ पिस’ नाम दिएर पञ्च बद्धको आकृति बनाइएको छ। उनी भन्छन्, यस पेन्ङिले पाँचबाटा दिशाहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण र मध्य बिन्दलाई बदल्नपर्ने संकेत गर्छ।

जम्यङको ‘विष्णन्ज मदर स्टेरिङ नाइट’ टाइटलको पेन्टिङ सबैभन्दा प्रभावशाली छ। नेपाली समाजको वास्तविक रूप देखिने उक्त चित्रमा विदेसिएको छोरो घर आउने आसमा बसेकी आमाको पर्खाइ देखिन्छ।

जम्यङ भन्छन्, ‘विदेश गएर पैसा त कमाइयो तर परिवारसँग बिग्रिएको सम्बन्ध यी दवैलाई चित्रले देखाउन खोजेको छ।’ वास्तवमा जम्यङका पेन्टिङमा समाजका सकारात्मक र नकारात्मक दवै पक्ष छन्। जम्यङ भन्छन्, ‘नकारात्मक चीजहरू सबै नराम्रा हँदैनन्। आखिर बिजली बल्न पनि पोजेटिभ र नेगेटिभ वायर चाहिन्छ।’

उनको अर्को पेन्टिङ ‘क’ मा नेपाली वर्णमालाको पहिलो अक्षर क बाट के, किन, कसरी, कहिले, कहाँजस्ता महत्वपूर्ण प्रश्न समावेश हने र विषयप्रति उत्सकता जगाउने काम गर्छ भन्न खोजिएको छ। बद्धि, रचनात्मकता र क्रान्ति यही प्रश्नबाट सम्भव भएको जम्यङ बताउँछन्।

जम्यङको अर्को पेन्टिङ लपमा चारओटा खट्टाका पाइला छन्। त्यो पाइला भित्र नेपालमा बिक्री हने चर्चित मोबाइल फोनको विज्ञापान छ। जम्यङ भन्छन्, हामी सबै करा बिर्सिएर राम्राभन्दा राम्रा मोबाइलको लागि संघर्ष गर्दै छौं। उनी प्रश्न गर्छन्, के हाम्रो सम्पूर्ण संघर्ष टेक्नोलोजीका लागि हो। आजको समाज झन् जटिल र संघर्षमय बन्दै आएको र त्यही विषयलाई चित्रमा उठाउन खोजिएको जम्यङले बताए।

उनले ‘फूलको आँखामा फूलै संसार’, ‘अल इन दी हेड’ , ‘लास्ट सपर (भोज)’, ‘लप’, ‘मिनालिसा’ नामबाट पनि पेन्टिङ बनाएका छन्। प्रत्येक पेन्टिङ सांकेतिक छन्।

नेपाली कलाक्षेत्र भौतिक रूपमा धेरै अगाडि भए पनि मानसिक चेतका आधारमा पछाडि रहेको समेत उनले बताए। अन्य देशहरू अध्ययनमा बढी ध्यान दिने र खला विचारका छन्। जम्यङले भने, नेपाली कलाकारले पनि यो विषयमा जोड दिन आवश्यक छ।

धपबाट प्वाल पारेर चित्र बनाउने पे्ररणा कीराहरूबाट प्राप्त भएको हो, जम्यङले भने। नेपालमा पहिलो पटक प्रदर्शनी गरेका जम्यङका चित्रहरू ७० देखि एक लाख २० हजारसम्मका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.