अनियमितता गरेको भन्दै हार्डवेयर पसलमा तालाबन्दी

अनियमितता गरेको भन्दै हार्डवेयर पसलमा तालाबन्दी

रामेछाप : मन्थलीका हार्डवेयर व्यवसायीहरुले अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई चेतावनी दिँदै एउटा पसलमा तालाबन्दी गरिदिएको छ ।

म्याद गुज्रीएका सामान बेच्ने, प्राइभेट फर्म नविकरण नगर्ने र बिल पनि नदिने जस्ता उजुरी उपभोक्ताहरुले गरेपछि मन्थलीसिथत शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरिदिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको गएको जिल्ला अनुगमन समितिको टोलीले शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा शिलबन्दी गर्दै अन्य व्यवसायीलाई चेतावनी दिएको छ ।

पटक पटकको अनुगमनपछि सच्चिन आग्रह गर्दा उल्टै अनुगमन टोलीलाई नै अभद्र व्यवहार गरेपछि हार्डवेयर पसलमा ताला लगाइएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग समिति, मन्थली नगरपालिका, रामेछाप उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधिहरुको रोहवरमा ताला लगाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

ताला लगाइएपछि शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्सका संचालक सीताराम श्रेष्ठले भने आफूमाथि अनुगमन समितिले गलत आरोप लगाएर ताला लगाएको गुनासो गरको छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा एक दर्जन भन्दा बढि हार्डवेयर पसलहरु संचालनमा छन् । भुकम्पपछि भवन पुननिर्माणमा लक्षित गर्दै खुलेका हार्डवेयर पसलहरुले अनियमितता गरेको जनगुनासो पछिल्लो समय बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.