प्रधानमन्त्रीकाे बास दुर्इ दिनदेखि सोल्टी होटलमै

प्रधानमन्त्रीकाे बास दुर्इ दिनदेखि सोल्टी होटलमै

काठमाडौं : साउथ एसिया प्यासिफिक समिटका लागि व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझदेखि सोल्टी होटलमै बसेका छन् । बिहीबार राती सोल्टी होटलमै सुतेका उनी शुक्रबार राती पनि त्यहीँ रहने छन् ।

प्रधानमन्त्री निवास बालुवाटार छोडेरै अाेली पत्नी राधिका र परिवारसँगै सोल्टीमा बस्ने छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीले राति सोल्टीमा केही विदेशी पाहुनासँग वार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओलीको साथमा नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिसँगै रहने छन् । शुक्रबार राति ओलीले त्यहाँ केही विदेशी पाहुनासँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग ओलीले दुई देशबीचको व्यापारिक सम्झौता सोल्टी होटलमै गरेका थिए ।

समिटमा सहभागी हुन् चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ नेपाल अाएका छन्।  समिटमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, सभामुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

सम्मेलनलाई स्वीकार्य बनाउन आईक्यापलाई सहभागी गराइएको छ। यो संस्थामा विश्वका धेरै मुलुकका राजनीतिक पार्टी सदस्य छन्। तर सम्मेलनमा कोरियाली संस्था यूपीएस सहभागी हुनुले आशंका उब्जाएको छ। सरकारी निकायले उक्त संस्थालाई धर्म प्रचारक संस्थाको रुपमा हेर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.