राष्ट्रपति भण्डारी आज युरोप जाँदै

राष्ट्रपति भण्डारी आज युरोप जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने युरोप भ्रमणमा जाँदै छिन्। पोल्यान्डको कातोविचमा आइतबारदेखि दुई सातासम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४)मा सहभागी हुन उनी शनिबार त्यसतर्फ जान लागेकी हुन्।

पोल्यान्ड भ्रमणका क्रममा उनी एक दिन जर्मनीमा रहनेछिन्। त्यहाँ उनले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। पोल्यान्डमा हुने कोप २४ को उद्घाटन कार्यक्रममा राष्ट्रपतिले सहभागिता जनाउने परराष्ट्र अधिकारीले जानकारी दिए। भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडासँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुँदै छन्। साथै परराष्ट्र अधिकारी, सचिवालयका अधिकारी, चिकित्सक र सुरक्षाकर्मी पनि रहनेछन्। बिहीबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.