'निर्मलाका लागि न्याय' अभियान विराटनगरमा
विराटनगर : निर्मलाका निम्ति न्याय अभियान विराटनगरमा पुगेको छ। स्थानीय ट्राफिक चोकमा भेला भएका युवा अभियानकर्मीले निर्मला पन्तको तस्बिर अंकित पर्चा तथा फ्लेक्स बोकेर शनिबार प्रदर्शन गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको भित्तामा पर्चा टाँसेर नाराजुलुससहित अघि बढेका युवाले ‘पोल पोलमा सरकार, टोलटोलमा बलात्कार’ र ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारासमेत लगाएका छन्। युवाको जुलुसलाई प्रहरीले कुनै अवरोध भने गरेन।
अभियानमा सहभागी दिपेश धिमालले सरकार अन्धो र बहिरो भएकोले अन्यायमा परेकी निर्मलाको न्यायको लागि अभियान चलाएको बताए। युवा समूहले विराटनगरस्थित बिजुलीका पोल-पोलमा निर्मलाको तस्वि अंकित पर्चा टाँसेर न्याय मागेका छन्। धिमालले भने,‘अभियानलाई हामी निरन्तरता दिनेछौं।’