बलात्कारका अभियुक्त फरार, प्रहरी भन्छ : भारत भाग्याे हाेला !
सिरहा : सिरहामा भएका दुई सामुहिक बलात्कार घटनामा संग्लन अभियुक्तहरु तीन सता बित्न लाग्दा पनि पक्राउ पर्न सकेका छैनन् ।
ती घटनामा संग्लन एकजनालाई स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको थियो । अर्का एकलाई प्रहरीले पक्राउ ग¥यो । ९ जना अझै फरार छन् । ती अभियुक्तलाई भने प्रहरीले पक्राउ गर्न नसकेको हो । प्रहरी भने अभियुक्तको कुनै सुराक नभेटेर पक्राउ गर्न नसकेको बताउँछ ।
‘सुराक भेट्न मुस्किल भइरहेको छ,’ डिएसपी माधवराज खरेलले भने, ‘तर अभियुक्त पक्राउ गर्न हामीले टोली परिचालन गरेका छौँ ।’ घटनामा संग्लन अभियुक्तहरु भारतमा गएर लुकेर बसेको हुनसक्ने डिएसपी खरेलको भनाइ छ । उनका अनुसार भारत गएको कारण पक्राउ गर्न कठिन भएको हो ।
त्यसो त, नेपालमा अपराध गरी भारतमा गएर लुक्ने गरेको यसअघि पनि थुप्रै घटना छन् । जसले गर्दा प्रहरीलाई पनि अभियुक्त पत्ता लगाउन मुस्किल परेको बताइन्छ ।
प्रहरीका अनुसार सुपुर्दगी सन्धी नहुँदा प्रहरीलाई पनि भारत गएर अपराधी पक्राउ गर्न मिलेको छैन । कार्तिक २३ गते भाइटीकाको दिन लहान नगरपालिका–१२ भोटियाटोलमा बालिका र युवतीलाई ७ जना युवाहरु मिलेर सामूहिक बलात्कार गरेका थिए ।
त्यसको सातादिन नबित्दै सुखिपर नगरपालिका–४ का मा कार्तिक २७ गते छठ पर्वको दोस्रो दिन एक व्रतालु महिला घरमै सुतिरहेको अवस्थामा चारजना सामूहिक बलात्कार गरेका थिए ।
बालिका र युवतीका दुई फरक घटनामा संग्लनमध्ये एक जनालाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लिइएको थियो । तर सनाखत र पीडितले दिएको जाहेरीमा उल्लेख भएको अभियुक्तसँग नाम नमिलेपछि उनलाई छाडिएको थियो ।
घटनाका सातैजना फरार छन् । घटनामा संग्लन पाँच अभियुक्तको नाम अहिलेसम्म खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी गराए ।