भानु नगरपालिकामा चितुवाको आतंक, फेरि एक बालकको ज्यान गयो

भानु नगरपालिकामा चितुवाको आतंक, फेरि एक बालकको ज्यान गयो

दमौली : भानु नगरपालिका २ ढल्केबरमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। शनिबार साँझ करिब सवा ७ बजेतिर खाना खाएर चुठ्न गएका १० वर्षका अमृत गुरुङलाई चितुवाले आक्रमण गरेको हो।

घाइते गुरुङको उपचारका क्रममा डुम्रेको लक्ष्मी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रशासनले प्रहरी, सशस्त्र र वनरक्षकको टोली परिचालन गरेको छ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले शंकास्पद चितुवा नियन्त्रणमा लिन रातैभर टोली परिचालन गरिएको बताए। भानु नगरपालिकाको चिसापानीमा यसअघि पनि चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको थियो। अर्को आक्रमणमा एक एक बालिका घाइते भएकी थिइन्।

यसअघि पनि यस्तै टोली परिचालन गरिए पनि फेरि आक्रमणको शृङ्खला बढेपछि भानुवासी चिन्तित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.