निर्मलाका लागि न्याय : ताप्लेजुङमा विप्लवको प्रदर्शन
![निर्मलाका लागि न्याय : ताप्लेजुङमा विप्लवको प्रदर्शन](https://annapurnapost.prixacdn.net/media/albums/biplov-news-photo_20181202115539_YSOlxhqntv.jpg)
ताप्लेजुङ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार प्रदर्शन गरेको छ ।
फुङलिङ बजारको वीरेन्द्रचोकमा भेला भएका विप्लव कार्यकर्ताले निर्मलाको हत्यारा चार महिनासम्म पनि पत्ता लगाउन नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला इञ्चार्ज सकल पन्धाकले दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गरे । निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरेको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)