उदयपुरमा सुन्तला उत्पादनमा कमी

उदयपुरमा सुन्तला उत्पादनमा कमी

गाईघाटः फल्ने समयमा किराको संक्रमणका कारण उदयपुरको पहाडी भेगमा किसानले लगाएको सुन्तला यसवर्ष सोचेअनुरुप उत्पदान हुन सकेन्। फूलपछि दाना लाग्दै गर्दा जुनार, निवुवा र मौसमका दानामा लाग्ने पहिचान विनाको किराको संक्रमण सुन्तलामा सरेपछि सुन्तला बोटमै कुहेर झरे ।

किसानले पनि रोग लागेपछि नफल्ने भन्दै बोटविरुवामा जति स्यहारसुसार गर्नुपर्ने हो त्यति ध्यान नदिँदा सोचेअनुरुप उत्पादन हुन नसकेको सुपर सुन्तला जोन कार्यक्रम उदयपुरका वरिष्ठ कृषि अधिकृत दिपक अधिकारीले बताए। 

'किरा लाग्यो, बोट ओइलियो भनेर किसानले वास्ता गर्दैनन्, 'उनले भने, त्यसलाई पानी, मलजल, औषधिको उचित व्यवस्थापन, प्राविधिकको निगरानीमा बस्ने हो भने राम्रो फल्छ।' जिल्ला कृषि ज्ञान केन्द्र्र उदयपुरको तथ्यांकअनुसार यस बर्ष सुन्तला तीन हजार पाँच सय ६२ मेट्रिक टन उत्पादन भएको छ।

सुन्तला खेतीका लागि जिल्लाभर चार सय हेक्टर जग्गा रहेपनि यस वर्ष किसानले दुई सय ८५ हेक्टर क्षेत्रफलमा खेति लगाएको कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारीले बताए।

गत वर्ष दुई सय ५५ हेक्टर जमिनमा लगाइएको सुन्तला खेतीबाट तीन हजार चार सय ५८ मेट्रिकटन उत्पादन भएको अधिकारीले बताए।उनले भने, 'गत वर्षभन्दा उत्पादन बढी देखिए पनि लगाइएको क्षेत्रफल यस वर्ष बढेकाले उत्पादन गत वर्षको तुलनामा कमि आएको हो।'

खासगरी बोटविरुवा लगाएपछि किसानले पानी, मलजल, औषधिजस्ता कुरामा व्यवस्थापन गर्न नसक्दा नै उत्पादनमा कमि आएको उनले बताए। कतिपय अवस्थामा फूलपछि दाना लाग्न थालेपछि वातावरण प्रदूषणका कारण बढी झर्ने र पछि पाक्ने समयसम्म पनि झर्ने समस्याले सोचेअनुरुप उत्पादन गर्न नसकेको किसानको भनाइ छ। जुनारबाट आएको किराको समस्याकै कारण सुन्तलाका बोटहरु सुक्ने गरेको सुपर सुन्तला जोन अधिकृत अधिकारीले बताए। 

उनले भने, 'सुन्तला फुल्दादेखि नै जुनार रोगको संक्रमण भित्रिए पनि लापरवाही गर्दा अधिकांश फल नस्ट हुन थालेको अधिकारीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन कार्यक्रमले बगैचा बिस्तार उत्पादनमा वृद्धि गर्ने गरी कार्यक्रम ल्याए पनि किसानले सोचेअनुरुप व्यवस्थापन नगर्दा समस्या भएको उनको भनाई छ। 

यता किसानले भने उत्पादनमा वृद्धिका लागि प्रयत्न गरिएको भए पनि रोगकीरा नियन्त्रण गर्न नसक्दा समस्या भएको गुनासो गरेका छन्। सुन्तला पकेट क्षेत्रको रुपमा उदयपुरको ओख्ले, सोरुङछविसे, लिम्पाटार, इनामे, रुपाटार, लेखगाउँ, नामेटार, आँपटार, पोखरी, नामन्ता, ठानागाउँ, लेखगाउँ परिचित छन्। 

दाना लाग्दै गर्दा मौरी जस्तो सुड भएको अपरिचित किराले आक्रमण गरेको किसान बेदकुमार राईको भनाई छ । भदौ, असोजको फुलमा लागेको संक्रमण पाक्ने समयसम्म पनि रहिरहँदा फल झरेको उनले बताए। 

रोकथामका लागि विषाधि प्रयोग गरेपनि किरा मान नसकिएको र कतिपय किसानले विषादीको मात्रा मिलाउन नसक्दा फल दिने बेलामा बोट नै मरेको ओख्लेका किसान तोपबहादुर ठकुरीले बताए। 

नगद हात पार्ने बेला सुन्तला बिग्रिएपछि किसान चिन्तित देखिएका छन्। उनीहरुले स्थानीय सरकारले कृषकको लागि कृषि प्राविधिक नपाठाएको, कृषि प्राविधिक ज्ञानको तालिम नदिएको आरोप लगाएका छन्। कृषि प्राविधिक ज्ञान नभएकै कारण सम्यमा समाधान गर्न नसकेको राईले बताए।

बिरुवाको अवस्थामा लाई, ढुसीजस्ता रोगले सखाप पार्ने र ठूलो भएपछि किराको संक्रमण हुने गरेकाकारण किसान मर्कामा परेको किसान जयकुमार राईले बताए। राईले भने, 'हजुरबुवा र बुवाको पालादेखि नै गर्दै आएको सुन्तला खेति पछिल्लो समय सोचेअनुरुप फस्टाउन सकेको छैन्।'

'वातावरण अनुकुल हुँदा पहिला प्राविधिकपनि चाहिँदैन थियो, उत्पादन पनि राम्रै थियो,' उनले भने, 'अहिले प्रविधि भित्रियो त्यतिकै विभिन्न संक्रमण भित्रिदा सोचेअनुरुप उत्पादन हुन सकेन्।'

त्यसअघि उनले थपे, 'पहिला सडक सञ्जाल थिएन, ढाकरमा बोकेर गाईघाट, कटारी, मुर्कुची, बेल्टार, छिमेकी जिल्ला सिरहाको लाहान, सप्तरीको राजविराज, धनुषाको जनकपुर लैजानु पथ्र्यो, अहिले सडक छ, बजारीकरणलाई समस्या छैन्, तर पनि विभिन्न समस्याले उत्पादन गर्न सकिएको छैन्।'
 
सुन्तला सुपर जोनको यस्तो छ बजेट 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअनुरुप सुन्तला जोन कार्यक्रममा यस वर्ष कर्मचारी तलब भत्ता, सेमिनार गोष्ठि देखि लिएर किसान सहयोग कार्यक्रम गरी २ करोड ७ लाख बजेट छ । बजेट असाध्यै न्यून भएको किसानले बताएका छन्।

बजेटअनुसार साना सिचाईँमा ५० प्रतिशत अनुदान हुने गरी ४५ लाख, पोष्ट हार्वेस (वजार ढुवानी व्यवस्थापन)मा ८५ प्रतिशत अनुदान गरी १० लाख, नर्सरी स्थापना १० लाख, कष्टमहाईरिङ (कृषि औजार मेसिन रोप्नेदेखि टिप्नेसम्म)मा ५० प्रतिशत अनुदान गरी ६ लाख रहेको छ। 

त्यसैगरी बगैचा व्यवस्थापन सुदृढीकरण (विषादी, किरा नियन्त्रणसमेत) मा ५० प्रतिशत अनुदानमा ६ लाख, बगैचा क्षेत्र विस्तार (सुन्तला बृक्षारोपण)मा १६ लाख यो ८० हेक्टरसम्म पुर्‍याउनुपर्ने, भकारो सुधारमा १ सय २५ वटा निर्माणमा १५ लाख र बाँकी तलबभत्ता, तालिम, गोष्ठि, सेमिनार, अवलोकनलगायतका शीर्षकमा खर्च हुने सुपर सुन्तला जोन वरिष्ठ अधिकृत दिपक अधिकारीले बताए।

उनले कतिपय बजेट सञ्चालक समितिबाट खर्च हुने बताए। जिल्लाको सुन्तलालाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउने र जिल्लालाई सुन्तलामा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम आर्थिक वर्ष २०७३÷०७४ बाट सुरु भएको हो।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.