आशिर्वाद लिनु परे नेपाली धर्मगुरुसँग लिए हुन्छ : डा. लोहनी

आशिर्वाद लिनु परे नेपाली धर्मगुरुसँग लिए हुन्छ : डा. लोहनी

काठमाडौं : एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौंमा जारी ‘एसिया प्यासिफिक समिट–२०१८’ को खर्च, उद्देश्य लगायत विषयलाई लिएर आपत्ति जनाएका छन् ।

उनले निम्तो कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै सरकारका प्रतिनिधि पनि विदेशीको उद्देश्यबाट प्रभावित भएको बताए । कार्यक्रमको तामझामका लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको भन्दै त्यसको पारदर्शितामाथि पनि उनले प्रश्न उठाएका छन् ।

‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ,’ डा. लोहनीले भने, ‘सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो ?’

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् । चर्चका पादरीबाट आशिर्वाद लिनुपर्ने नियममा आपत्ति जनाउँदै उनले भने, ‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो । आर्शिवाद लिनु परे नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुन्छ नी ।’

नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा डा. लोहनीको आपत्ति छ । प्रकारान्तरले नेपालका नेताहरु पनि त्यही संस्थाको परिवार भएको भन्दै लोहनीले यो सम्मेलनले ईशाई धर्मलाई बढावा दिएको बताएका छन् । आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित रहेको जिकिर गरे । यसबाहेक कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.