बीपी प्रतिष्ठानका उपकुलपतिलाई हटाउन सिफारिस

बीपी प्रतिष्ठानका उपकुलपतिलाई हटाउन सिफारिस

धरान : बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानलाई सहीरुपमा चलाउन नसकेको भन्दै उपकुलपति राजकुमार रौनियारलाई हटाउन छानबिन समितिले प्रधानमन्त्री केपी ओलीसमक्ष सिफारिस गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको छानविन समितिले रौनियारलाई हटाउन सिफारिस गरेको हो । 

प्रतिष्ठानमा आर्थिक अनियमितताका घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । प्रतिष्ठान सञ्चालनमा रौनियारका धेरै कमजोरी देखिएकाले पदबाट बटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको छ । 

रौनियारले प्रतिष्ठानमा उपकरण खरिद गर्दा आर्थिक अनियमितता गरेको र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार नगरेको भन्दै छानविन समितिले पदबाट हटाउन सिफारिस गरेको हो । 

रौनियार उपकुलपति बनेपछि वर्षमा दुई पटक बस्ने प्रतिष्ठानको सिनेट बैठक बस्न सकेको छैन । बैठक नबसेपछि प्रतिष्ठान सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ । 

बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष तथा छानविन समितिका सदस्य प्रा.डा. गुरु खनालले उपकुलपतिले प्रतिष्ठान सञ्चालनमा सकारात्मक भूमिका निर्वाह नगरेका कारण पदबाट हटाउन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिसमक्ष सिफारिस गरिएको बताए ।

तत्कालीन स्वास्थयमन्त्री गगन थापाको सिफारिसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले रौनियारलाई पाँच वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । 
रौनियारले प्रतिष्ठान सञ्चालनमा अन्य पदाधिकारीसँग समन्वय नगरी एकल निर्णयमा अघि बढेपछि अन्य पदाधिकारीले विरोध गर्दै आएका छन् । 

रौनियारकै कारण आइतवार बोलाइएको सिनेट बैठक स्थगित भएको बताइन्छ । रौनियारले सिनेट बैठक स्थगित भएको र उपकुलपतिबाट हटाउन सिफारिस गरिएकोबारे कुनै जानकारी नभएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.