मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

विराटनगर : मोरङको उर्लाबारी-मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी नगरपालिका ६ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमित धिमालको मृत्यु भएको छ। 

को १९ प ४४७५ नम्बरको मोटरसाइकल बिहान ३ बजे आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार उर्लाबारी ६ का धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका धिमालको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक उर्लाबारी ६ का ३० वर्षीय बोरिस धिमालको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.