सजिलै मोटोपना घटाउने यी हुन् ७ फलफूल

सजिलै मोटोपना घटाउने यी हुन् ७ फलफूल

काठमाडौं : आजभोलि व्यस्त जीवनशैलीले गर्दा हामीले आफ्नो खानपानमा ध्यान दिन सकिरहेका हुँदैनौं।जसले गर्दा शरीरमा विभिन्न रोग लाग्नुको साथै मोटोपनले सताउने गर्छ। शरीर स्वस्थ्य राख्न सन्तुलित खानाको साथै फलफूल पनि खानुपर्छ। फलफूलमा भिटामिन ए,बी, सी,ए र फाइबरजस्ता तत्व पाइन्छन्।फलफूल सही समयमा खानु शरीरका लागि निकै फाइदा हुन्छ। स्वास्थ्य विज्ञकाअनुसार फलफूलको सेवन बिहान गर्नु राम्रो मानिन्छ।  

मेवा
मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फास्फोरसका मात्रा बढी पाइन्छ। यसमा खाना पचाउन सहयोग गर्ने डाइजेस्टिव एन्जाइम पनि हुन्छ। यसले शरीरमा भएको क्यालोरी र बोसोको मात्रा घटाउने काम गर्छ।

तरबुजा
तरबुजामा क्यालोरी एकदमै कम हुन्छ । पानीको मात्रा अत्याधिक धेरै हुन्छ।नियमित तुरबुजा खाँदा शरीरमा पानीको मात्रा बढ्नुको साथै वजन पनि कम हुन्छ। तरबुजा सिधै खाँदा र यसको जुस पिउँदा पनि शरीरको तौल घट्छ।

केरा 
एउटा केरामा १०५ क्यालोरी पाइन्छ। केरालाई इनर्जीको लागि सबैभन्दा उपयुक्त फल मानिन्छ। काम गरेपछि खाने अन्य धेरै खानाभन्दा केरा धेरै राम्रो र पोषकतत्वयुक्त मानिन्छ। यसले मानिसको मांसपेसीलाई बलियो बनाउनुका साथै ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्छ। यो फल ग्यास्ट्रिकबाट बच्न पनि सहायकसिद्ध हुन्छ।  

सुन्तला
सुन्तला खाँदा निकै मिठो हुनुको साथै फाइदा पनि धेरै हुन्छन्। सुन्तलाको १०० ग्रामको एउटा टुक्रामा ४७ ग्राम क्यालोरी हुन्छ। त्यसैले यो फल डाइटिङ गर्ने तथा तौल कम गर्न चाहने मानिसका लागि एकदमै उपयोगी हुन्छ।

नासपाती
नासपातीमा पर्याप्त मात्रामा फाइबर हुन्छ। यसको सेवनले गर्दा धेरै समयसम्म पेट खाली हुँदैन र भोक लाग्दैन पनि। त्यसैले यो वजन कम गर्न एकदमै लाभदायी हुन्छ।

आँप
आँपमा फाइवर, म्याग्निसियम, एन्टिअक्सिडेन्ट र आयरन हुन्छ। यसले भोकलाई नियन्त्रण गर्छ र तौल नियन्त्रण गर्न सहयोग गर्छ।

स्ट्रेबेरी
स्ट्रेबेरीमा चिल्लो पदार्थ हुँदैन। यसमा क्यालोरी पनि कम हुन्छ। यसमा चिनी तथा नूनको मात्रा हुँदैन। सधैँ डेढ कप स्ट्रोबेरी खाए बाहिरको खाजा खानु पर्दैन। यसले गर्दा तौल नियन्त्रण पनि हुन्छ। 

अनार 
नियमित अनार खाँदा वजन कम हुनुका साथै शरीरमा भएको कमजोरी पनि हट्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.